हुबहु प्रश्न बनाउनेलाई त्रिविले गर्‍यो कारबाही, तीन वर्षसम्म पढाउन पनि नपाउने

त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउनेलाई कारबाही गरेको छ । विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार हुबहु प्रश्न बनाउने शिक्षकलाई तीन वर्षसम्म आंगिक क्याम्पसमा पढाउनसमेत नपाउने गरी कारबाही गरेको जनाएको छ ।

व्यवस्थापन संकायअन्तर्गत बीबीए छैटौँ समेस्टरको गत २२ असारमा एमजीटी २०३ अर्गनाइजेसनल बिह्याबियरको प्रश्नपत्र मोडर्न नेपाल कलेजले प्रि–बोर्डमा सोधेको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।

त्यस्तै, बीबीए छैटौँ सेमेस्टरको एसओसी २०२ नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स विषयको प्रश्नपत्रमा पाँचौँ सेमेस्टरको एसओसी २०१ सोसियोलोजी फर बिजनेसको हुबहु प्रश्न राखिएको थियो ।

उक्त प्रश्नपत्र बनाउने शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै त्रिविले ती शिक्षकलाई तीन वर्षसम्म परीक्षासँग सम्बन्धित कार्यक्रममा संलग्न नगराउने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published.