युक्रेन आक्रमणपछि पहिलोपटक इरान भ्रमणमा निस्के पुटिन

युक्रेनमाथि आक्रमण गरेपछि पहिलोपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज इरान भ्रमणमा निस्केका छन् । इरान भ्रमणमा निस्केका पुटिनले आजै तेहरानमा समकक्षी इब्राहिम रायसीसँग भेटघाट गर्ने अनुमान गरिएकाे छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार यो भेटघाटमा टर्कीका राष्ट्रपति एद्रोगान पनि सहभागी हुनेछन् । तीन देशका प्रमुखबीचको छलफल निकै अर्थपूर्ण मानिएको छ ।

उनीहरूबीच युक्रेन युद्ध, सिरिया युद्धलगायतका विभिन्न विषयमा छलफल हुने अनुमान गरिएको छ । अहिले तीन नेताहरूको भेटघाटलाई सिरिया युद्धका मतभेदहरू समाधान गर्ने उद्देश्यले त्रिपक्षीय सहमतिको ढाँचामा केन्द्रीत हुन सक्ने पनि आकलन गरिएको छ ।

साथै, नेताहरू र उनीहरूका प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठकहरू पनि हुनेछन् । जसमा युक्रेनको युद्धदेखि इरानको विश्व शक्तिहरूसँगको आणविक सम्झौतासम्मका मुद्दाहरूमा छलफल हुनसक्नेछ । तेहरान भ्रमणमा मुलत: ६ वटा विषयमा केन्द्रीत छलफल हुने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सिरियाको अवस्था कस्तो छ ? युक्रेनमा टर्की र इरानको विषय के हो ? के अमेरिका र इरानबीचको तनाव अझै चर्किरहेको छ ? के इरान रुसलाई ड्रोन बेच्न चाहन्छ ? र शिखर सम्मेलनमा अरु के के कुरा हुनसक्छ ? भनेर छवटा विषयमाथि विश्लेषण गरेका छन् ।

Leave a Reply

Your email address will not be published.