भारतद्वारा निर्मित शैक्षिक भवनको उद्घाटन

सिन्धुलीमा भारतको अनुदान सहयोगमा निर्माण भएको सामुदायिक टेक्निकल इन्स्टिच्यूटको शैक्षिक भवन आज उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले संयुक्त रूपमा उद्घाटन गरेको राजदूतावासले जानकारी गराएको छ ।

नेपाल–भारतको विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको चार करोड ४१ लाख रुपियाँको आर्थिक सहयोगमा सो भवनको निर्माण गरिएको हो । सो सामुदायिक टेक्निकल इन्स्टिच्यूटको स्थापना सन् २०१४ मा भएको थियो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को साझेदार संस्थाको रूपमा रहेको यस संस्थाले स्नातक तहमा सिभिल इन्जिनियरिङ र कृषि (पशु विज्ञान) शिक्षाको पठनपाठन सञ्चालन गर्दै आएको छ । त्यस्तै यस इन्स्टिच्यूटले काठमाडौँ विश्वविद्यालयसँग सम्बद्ध रही स्नातक तहमा प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङ तथा सूचना प्रविधिका कक्षा पनि सञ्चालन गर्दै आएको छ । यस इन्स्टिच्यूटमा २९२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published.