निर्माण सामग्रीको निर्यात : सिमेन्ट पठाउन सुरु गरिएको दुई हप्तापछि भारतमा नेपाली डन्डी

२४ असारबाट नेपालले पहिलो पटक छिमेकी देश भारतमा सिमेन्ट निर्यात सुरू गरेको थियो । त्यसको करिब दुई सातापछि बुधबारबाट भारतमा डन्डी पनि निर्यात सुरू हुने भएको छ ।

श्री स्टिलका सञ्चालक राजेश कुमार अग्रवालले बुधबारबाट नेपाली डन्डी भारतीय बजारमा निकासी सुरू हुने बताएका छन् । श्री स्टिलले तत्‍कालको लागि ४ ट्रक डन्डी निर्यात गरेको हो ।

तत्कालको लागि भारतको नौतनवाको हार्डवेयर पसलमा बिक्री गर्न थालिएको अग्रवालले बताएका छन् ।

गत शुक्रबार डेढ लाख बोरा अर्थात साढे १२ लाख रुपैयाँको सिमेन्ट निर्यात गरेको थियो । सिमेन्ट नेपालकै कच्चा पदार्थमा आधरीत रहेको छ ।

डन्डीको कच्चा पदार्थ भने पूर्णतः भारतीय बजारमा केन्द्रित रहेको छ । सरकारले डन्डी तथा सिमेन्टलाई निर्यात अनुदान दिने घोषणा गरेसँगै व्यवसयीहरूले निर्यात सुरू गरेका छन् । अहिलेको अनुदानको व्यवस्था कार्यन्वयन हुँदा एकै आर्थिक वर्षमा २ खर्ब रुपैयाँसम्मको सिमेन्ट र डन्डी निर्यात गर्न सकिने व्यवसायीले बताएका छन् । 

Leave a Reply

Your email address will not be published.