चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै राष्ट्रिय एकता अभियानले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ ।  गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको समाचारहरूबारे अभियानले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका हो ।

‘अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यताको उल्लङ्घन गर्दै नेपाल–चीन सीमाको रुइलालगायतका विभिन्न क्षेत्रमा भइरहेको अतिक्रमण दुई देशबीचको मित्रताको अपमान मात्र नभई सम्पूर्ण नेपालको सार्वभौमसतामाथि नै ठाडो चुनौती रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.