राष्ट्रिय भूमि आयोग गठन

काठमाडौँ– सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले बुधबार केशव निरौलाको अध्यक्षतामा उक्त आयोग गठन गरेको हो । त्यस्तै आयोगको उपाध्यक्षमा नहेन्द्र खड्का नियुक्त भएका छन ।

निरौला नेपाली कांग्रेस सम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष हुन भने उपाध्यक्ष खड्का माओवादी केन्द्र निकट हुन् । सरकारले यसअघि देवी ज्ञवालीको नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *