एकीकृत अखिल नेपाल शिक्षक संगठनको परिचयात्मक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

भरतपुर– एकीकृत अखिल नेपाल शिक्षक संगठन भरतपुर महानगरपालिकाको महिला विभाग र इसीडी विभागको संयुक्त परिचयात्मक तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कोरोना कहरलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट गरिएको कार्यक्रममा सहभागीहरूले आफ्नो परिचय सहित विभागबारे रिपोर्टिङ गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि तथा प्रशिक्षक एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य तथा बागमती प्रदेश महिला इन्चार्ज गायत्री शर्माले संगठनलाई थप मजबुत बनाउदै संगठन विस्तार गर्नुपर्न बताइन् । शिक्षकको हकहितको लागि संगठन सधै अगाडि रहेको र कुनै समस्या तथा व्यवधान आएमा सबै मिलेर संगठनलाई मजबुत बनाउदै अगाडि लैजानुपर्ने प्रशिक्षक शर्माले जोड दिइन् ।

भरतपुर महानगरपालिका महिला विभागकी अध्यक्ष अनिता आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि एअनेसी संगठन प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज मन्जु सिंखडा, विशिष्ट अतिथि एअनेसी समिति अध्यक्ष भरतपुर महानगर अर्जुन प्रशाद भट्ट, अतिथिहरू क्रमशः अध्यक्ष महिला विभाग भमनपा गिता चापागाईं, महिला विभाग चितवन जिल्ला सदस्य चन्द्रकला रामदाम, इसीडी विभाग प्रदेश सदस्य भेषमाया आले, इसीडी विभाग चितवन जिल्ला अध्यक्ष मिना ताम्राकारले आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रमको संचालन भरतपुर महानगरपालिका अन्तरगत रहेको एअनेशिस महिला विभागकी सचिव कविता पराजुलीले गरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *