नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक भदौ २९ गते बस्‍ने

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक भदौ २९ गते काठमाडौंमा बस्‍ने भएको छ ।

बैठकमा केही नेताको कार्य विभाजन, देशभर संगठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि पार्टीले विभिन्‍न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरुलाई जिम्मेवारी प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *