एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ गतेका लागि सर्यो

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको असोज ४ देखि ६ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशन सरेको छ ।

शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशन असोज १५ देखि १७ गतेका लागि सार्ने निर्णय गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *