एमसिसी परियोजनाका पदाधिकारी र एमाले अध्यक्ष ओली बीच भेटवार्ता जारी

काठमाडौँ– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाका पदाधिकारी र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली बीच बालकाेटमा भेटवार्ता जारी छ ।

एमसिसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली ओलीलाई भेट्न बालकोट पुगेको उनको सचिवालयले जनाएको छ।

बिहीबार काठमाडौँ आएकी सुमारको टिमले एमसिसीको पक्षमा माहोल बनाउन सबैभन्दा पहिला ओलीसँग भेटवार्ता गर्न लागेको हो।

गत वर्ष असार १६ गतेभित्रै संसदबाट अनुमोदन भइसक्नुपर्ने एमसिसी नेपालको आन्तरिक राजनीतिक किचलोको कारण पास हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *