भरतपुर अस्पतालमा अख्तियारको छापा, आवश्यक कागजात नियन्त्रणमा

भरतपुर– चितवन स्थित भरतपुर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले छापामारेको छ ।

अस्पतालद्वारा सञ्चालीत फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको हेटौंडा कार्यालयबाट उपसचिव विष्णु प्रसाद सापकोटासहित ५ जनाको टोली छापामार्नकोलागि भरतपुर आएको हो ।

टेन्डर सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, सिएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतको उजुरी परेकोले छापामारेको अख्तियार स्रोतले जनाएको छ ।

अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिने काम भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *