सुनको मुल्यमा गिरावट, चाँदीको मुल्य बढ्यो

काठमाडौं– विहिबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ सयले घटेर ९० हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोला ९१ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३०० रहेको छ । त्यसैगरी चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *