कोरोनाको उपचारका लागि अत्यावश्यक मेसिनहरु हस्तान्तरण

पोखरा– लायन्स क्लब अफ पोखरा सेती गण्डकीको आयोजना तथा विदेशमा बस्ने नेपालीहरुको सहयोगमा सङ्क्रामक तथा सरुवारोग अस्पताल, लेखनाथलाई कोरोना रोगको उपचारको लागि अत्यावश्यक मेसिन सहयोग गरिएको छ ।

उक्त रु. ६,००,०००।– (छ लाख) बराबरको मेसिन तथा सामग्रीहरु हस्तान्तरण पछि उपचारमा सहज हुने अस्पताल स्रोतले जनाएको छ । हस्तान्तरण गरिएका सामग्रीहरूमा स्वास प्रस्वासमा समस्या भएका गम्भीर विरामीको लागि जीवनदान दिने Non-invasive Ventilation BIPAP मेसिन– ३ थान, बेन्स सर्किट– ५० थान, बेन्स सर्किट मास्क– ५० थान, अक्सिजन मास्क (बच्चाको लागि समेत) १५० थान, नासल प्रोन्ज ५० थान रहेका छन् । यस अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुदै आएको छ।

सहयोग कार्यक्रमको लागि पोर्टल्याण्ड, अमेरिका निवासी डा. सरोज श्रेष्ठ, डा. रमेश मरहठ्ठा, दिपेश वैद्य, ध्रुवराज श्रेष्ठबाट १ थान BIPAP मेसिन र ३० थान बेन्स सर्किट सहयोग प्राप्त भएको थियो । जर्मनवासी नेपालीहरुको तर्फबाट सर्मिला राजभण्डारी (अर्याल) र सीता गुरुङको संयोजकत्वमा १ थान BIPAP मेसिन प्राप्त भएको थियो । यसै गरी बेल्जियम निवासी हरिकृष्ण कार्की, मोहन के.सी., अमृत के.सी., सी.पी. भट्ट, बेनि ढुङ्गाना, तेजेन्द्र कँडेल, केदार थापा, सुन्दर पौडेल, सूर्य शर्मा, मुना ज्वारचन, अस्मिता घलेको तर्फबाट १ थान BIPAP मेसिन प्राप्त भयो । अस्ट्रेलिया निवासी विनयकुमार श्रेष्ठको संयोजकत्वमा त्यहाँका नेपालीहरुबाट अक्सिजन मास्क १५० थान, न्यासल प्रोन्ज ५० थान, बेन्स सर्किट २० थान प्राप्त भएको थियो ।

क्लबका अध्यक्ष लायन कल्पना थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व डिस्ट्रिक गभर्नर लायन ध्रुव थापाज्यू प्रमुख अतिथि हुनुहुन्थ्यो । सङ्क्रामक तथा सरुवारोग अस्पतालका व्यवस्थापन समिति सदस्य प्रा.डा. ध्रुवबहादुर अधिकारी तथा सो अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले सो सहयोग सामग्रीहरु ग्रहण गर्नुभएको थियो । ती उपकरणहरुले सो अस्पतालमा निःशुल्क सेवा लिइराख्नु भएका बिरामीहरुलाई अझ उच्चतम सुविधा दिन सकिने कुरा कार्यकारी निर्देशक डा. विकास गौचनले बताउदै सहयोगदाता सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा सल्लाहकारद्वय लायन सुनयना पालिखे, लायन सुशीला के.सी. अधिकारी, जोन चेयरपर्सन लायन अरूणा शेरचन र क्लबका अरू साथीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन क्लबका सचिव तथा कार्यक्रम संयोजक लायन शान्ति श्रेष्ठ उदासले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *