प्रदेश १ मा थप ४ सय २१ जनामा संक्रमण पुष्टि, १८ जनाको मृत्यु

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमणबाट ५ महिला र १३ पुरुषको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभित्र ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ९ सय २४ जनाको पीसीआर परीक्षणमा ३ सय ९ र ५ सय २ जनाको एन्टिजेन परीक्षणमा १ सय १२ जनामा कोरोना संक्रमण भएको हो।

सोही अवधिमा प्रदेशमा संक्रमणमुक्त हुनेमा १ सय ५७ महिला र १ सय ५५ पुरुष छन्।

मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण १ हजार ८ सय ३९ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *