प्रतिक्षा वाग्ले र बिशाल रायमाझिको स्वरमा तीज गीत “संगिनी” सार्वजनिक

काठमाडौं– नेपाली नारीहरूको मुख्य चाड हरितालिका तीज नजिकिएसंगै गायिका प्रतिक्षा वाग्लेको एकपछि अर्को तीजका कोसेलीहरू पस्किएकी छिन ।

मात्रात्मक भन्दा गुणात्मक र समयको माग अनुसारको गीत पस्कन माहिर गायिका वाग्लेको स्वरमा तीज गीत “संगिनी” सार्वजनिक भएको छ । प्रतिक्षा वाग्ले संगै बिशाल रायमाझिको स्वरले सजिएको गीतमा बिशालकै शब्द/संगीत तथा महेन्द्र भण्डारीको संगीत संयोजन रहेको छ ।

राज कुमार मगरको निर्देशनमा तयार भएको भिडियोमा एलिना रायमाझी, अल्फाज शाह, पूजन घिमिरे, कुशल अधिकारि, गोबिन्द थापा, प्रिन्स पाण्डे लगाएत फिचरिङ्ग छन । महेस महराको छायाङ्कन तथा राज कुमार मगरको सम्पादन रहेको भिडियो सार्वजनिक भएको छोटो समयमै दर्शक तथा स्रोताहरूले अत्याधिक मन पराईएको गीत मध्यमा पर्न सफल भएको छ ।

गायिका वाग्लेको स्वरमा केही दिन अगाडि “टिकटककी हिरोईनी” गीत सार्वजनिक भएको थियो । कोरोना कहरलाई मध्यनजर गर्दै गीतलाई युटुबबाट सार्वजनिक गरिएको थियो ।

गायिका वाग्लेले आवाज टाइम्ससग कुरा गर्दै सार्वजनिक भएको केही समयमानै उक्त गीतहरूको बारेमा सकरात्मक प्रतिक्रिया आएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *