विद्रोही समुह काबुल छिरेपछि अमेरिकी दूतावास विमानस्थलमा सारियो

काठमाडौं– विद्रोही समुह राजधानी छिरेपछि अमेरिकी दूतावासलाई काबुल विमानस्थलमा सारिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिन्कनले अफगानिस्तानमा विद्रोही समुहले राजधानी कब्जामा लिन थाल्दै गर्दा दूतावास सार्ने मिसन सफल भएको बताए । उनले वर्तमान अवस्थालाई भियतनाम युद्धसँग तुलना गरिएकोमा पनि आपत्ति प्रकट गरे ।

४६ वर्षअघि भियतनाम युद्धका दौरान साइनबाट हार खाएर अमेरिका बाहिरिएको थियो । राष्ट्रपति जो बाइडेनका आलोचक तथा रिपब्लिकन सांसदहरुले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएको विषयलाई साइगन युद्धसँग तुलना गरिरहेका छन् ।

अमेरिकी सैनिकको बर्हिगमन सुरु भएको छोटो समयमै तालिवानी विद्रोहीहरुले काबुल कब्जा गरेका छन् । आइतबार विद्रोहीहरुले काबुललाई घेरा हालेपछि राष्ट्रपति असरफ गनी देश छाडेर ताजकिस्तानतर्फ लागेका छन् । त्यसपछि विद्रोहीहरु बिस्तारै काबुल छिर्न थालेका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *