विद्रोही लडाकु राजधानी छिरेपछि राष्ट्रपति असरफ घानीले देश छोडे

काठमाडौं– विद्रोही समूह तालिबानका लडाकुहरू राजधानी काबुल छिरेको केही घन्टामै अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन् ।

राष्ट्रपति घानी कहाँ छन् भन्नेबारे कुनै जानकारी दिइएको छैन।

समाचार संस्था एपीका अनुसार घानीले अफगानिस्तान छोडेको बताएको छ।तालिबानका एक जना प्रतिनिधिले घानी कहाँ छन् भन्नेबारे आफूहरूले खोजी गरिरहेको बताएका छन्।

आइतबार दिउँसो शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरणका लागि तालिबान प्रतिनिधिहरू राष्ट्रपति कार्यालय गएका थिए।

उनीहरूले हरेक नागरिकको जीवन र सम्पत्तिको आफूहरूले रक्षा गर्ने उल्लेख गर्दै कसैलाई पनि देश नछोड्न भनेका थिए। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *