भारतीय चलचित्र अभिनेता गोविन्दालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं– भारतीय चलचित्र अभिनेता गोविन्दालाई कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेता गोविन्दाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

अहिले उनी होम क्वारेन्टिनमा बसिरहेका छन् । कोरोना संक्रमणबाट बच्न सावधानी अपनाउँदा अपनाउँदै आफूलाई संक्रमण भएको गोविन्दाले बताएका छन्।

अभिनेता गोविन्दाको परिवारका सदस्य तथा स्टाफहरुलाई भने कोरोना नदेखिएको बताइएको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *