एकै घरमा एकै परिवारका तीन जनाको शव फेला, कुकुर पनि मृत भेटियो

भक्तपुर– मध्यपुर थिमीमा शुक्रबार एकै घरका तीनजना परिवारको शव फेला परेको छ।

मध्यपुर थिमी नगरपालिका वडा नम्बर ९ स्थित निकोसेरामा रहेको ४ तले घरमा तीवटा शव फेला परेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको अनुसार ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी ३४ वर्षीीया सुशीला र १५ वर्षीय छोरा सुशान्तको शव फेला परेको छ। घरमा एक कुकुर पनि मृत फेला परेको छ । हरेक तलामा एक एक वटा शव फेला परेको महाशाखाले जनाएको छ।

शंकास्पद मृत्युबारे अनुसन्धान भइरहेको र अहिले नै केही भन्न नसकिने महानगरी प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारावेदी थापाले जानकारी दिइन् ।

उनले फरेन्सिक टोलीसहित आफूहरु घटनास्थलमै रहेको बताइन्। उनका अनुसार अधिकारी परिवारले सोही घरमा किराना पसल गर्दै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *