मातृभूमिको मायाले सताउँछ

चितवनको भरतपुरमा जन्मिएका कृष्ण प्रसाद सापकोटा क्यानडालाई कर्मभूमी बनाउदै आएका छन् । विगत १५ वर्षदेखी अन्तर्राष्ट्रिय सेफको रुपमा क्यानडामा काम गर्दै आएका सापकोटासँग आवाज टाइम्सका प्रतिनिधिले समसमायीक विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश ।

१. तपाईलाई विदेश जान के कुराले प्रेरित ग¥यो ? हाल के गर्दै हुनुन्छ ?

देशमा द्धन्द चर्केको थियो । हामी युवाहरु राज्य र विद्रोही समूह दुवैको चपेटामा परेका थियौं । देशमा रोजगारीको अवसर दिएन । त्यही परिस्थितिले गर्दा अवसर र रोजगारीको सन् २००७ मा जापान गए । जापानमा करिब ९ वर्ष रेष्टुरेन्ट व्यवसायमा विभिन्न पदमा रहेर काम गरे । जापानको बसाई पछि म सन् २०१६ मा अस्टे«लिया गए । त्यहाँ पनि सोचेजस्तो काम र कमाई भएन । त्यसपछी सन् २०१८ मा नयाँ अवसरको खोजी गर्ने सिलसिलामा क्यानडा आए । करिब १४ वर्षको विदेश बसाइको क्रममा मैले तितामिठा अनुभव हासिल गरेको छु । हाल म हाक्का चाइनिज रेष्टुरेन्टमा कुकको रुपमा काम गर्दै आएको छु ।

. विदेशमा तपाईको कामको अनुभवमा कस्तो रह्यो ?
विदेशमा कामलाई प्राथामिकता दिइन्छ । काम कुनैपनि सानो ठुलो हुदैन भन्ने मान्यता छ । श्रम प्रतिको सम्मान धेरै नै छ । जसले गर्दा मिहिनेत गर्न प्रेरणा मिल्छ । हामी नेपाली नेपालमा खासै काम गरेका हुदैनौं । कामको प्रकृतिको नै थाहा हुदैन । नेपालमा सोचेजस्तो सजिलो काम यहाँ हुदैन । कुनै सिप र दक्षता विना नै विदेश आउने प्रचललन छ । जसले गर्दा हामीलाई केही कामको अनुभव हुदैन । भने सम्बन्धीत देशको भाषा पनि सिकेका हुदैनौ । जसले गर्दा नेपालबाट जे सोचेर विदेश आएको हुन्छ परिस्थिति त्यसको विपरित हुन्छ । जसले गर्दा उसले धेरै चुनौतीको सामना गर्नुपर्ने हुन्छ । एक त उसले विदेशी रहनसहन र चालचलनमा चल्नुपर्ने हुन्छ । अर्कोतर्फ पारिवारिक इच्छा आकांक्षा पुरा गर्नुपर्ने र आफ्नै सपना पुरा गर्न लागि कडा मिहिनेत र परिश्रम गर्नुपर्ने हुन्छ । यद्यपी कल्पनाको जीन्दगी र वास्तविकतामा धेरै फरक छ । सोचेजस्तो बाहिरबाट देखेजस्तो सजिलो छैन विदेश । सपना पुरा गर्न हिडेको मान्छे निन्द्रा पुरा नगरी काम मै जोतिन्छ । रातदिनको कडा मिहिनेतले केही रकम त जोहाँ त हुन्छ तर त्यसले खासै ठुलो नतिजा देखिदैन । परिवार, साथिभाई, आफन्त सँग टाँढा भएर बस्नु पर्दा मानसिक रुपमा समेत विछिप्त हुन्छ ।

३. तपाई जस्तै विदेशिएका युवाहरुलाई के भन्न चाहानुन्छ?

नेपालमा बैदेशिक रोजगारी रहर र बाध्यता दुबै बनेको छ । जसले गर्दा करिब ४० लाख भन्दा बढी युवा विदेशीको तथ्यांक छ । गाउँघरका खेतबारी बाँझो छन् । खेती किसानी गर्ने मान्छे पाउन मुस्किल छ । घरमा बृद्ध बुवाआमालाई जोडेर हामीहरु विदेशमा संर्षष गर्दैछौं । जति नै संर्षष गरेपनि हामीले आफ्नो र परिवारको सपना पुरा गर्न सकिरहेका हुदैनौं । आफ्ना आवश्यकता पुरा गर्दा गर्दै हामी हाम्रो उर्जाशिल उर्जा र समय खर्च गरिरहेका छौं । त्यसैले म जस्तै विदेशिएका युवाहरुलाई मेरो अनुरोध छ आफुले सिकेको ज्ञान, सिप, पूँजी र प्रविधि लिएर देशमै गएर नयाँ काम शुरु गरुम । सकिन्छ समूहमा मिलेर केही गरौ सकिदैन व्यक्तिगत रुपमा आफ्नै व्यवसाय शुरु गरौं । काम गर्दै जाँदा मिहिनेत र लगनशीलताले पक्कै पनि एकदिन सफलता पाएन्छ । विदेश सोचेजस्तो सजिलो छैन । विदेशमा जत्तिको मिहिनेत नेपालमा गर्ने हो भने हाम्रो माटोमा सुन फल्छ । हामी अरुको देखासिकीले नै विग्रिरहेका छौं । त्यसैले अरुको कुरा छोड्दिनुस । योजना बनाउनुस त्यसमै समर्पित हुनुहोस सफता तपाइकै हातमा छ ।

४. नेपाल आएर तपाईले के गर्ने योजना छ ?

म अझै २/३ वर्ष क्यानडा बसेर आफ्नो पेशा र व्यवसायको बारेमा नयाँ कुरा सिक्छु । केही आर्थिक स्रोत पनि जुटाउछु र नेपाल आएर नेपाली पहिचान सहितको रेष्ट्ररेन्ट र आधुनिक कृषि फर्म शुरु गर्ने योजना बनाएको छु । बुवा आमाको सेवा गर्दै आफ्नै जन्मभूमीमै योगदान गर्ने विचार छ । मलाई विश्वास छ आफुले सिकेको ज्ञान र सिप अनुसारको कामले नै सफलता प्राप्त हुन्छ । मेरो नेपालमा रहनुभएका साथिहरु सँग कुरा भइरहेको छ । निकट भविष्यमा हामीले चितवनमा कृषि र पर्यटन सँग सम्बन्धीत परियोजनामा लगानी गरी काम गर्ने योजना बनाएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *