राष्ट्र हितको पक्षमा सिंगो मधेशको साथ छ:राजेन्द्र महतो

काठमाडौं-जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधानमा मधेशीलाई जति विभेद गरिएको भए पनि राष्ट्र हितको पक्षमा सिंगो मधेशको साथ रहने बताएका छन् । तर नक्शा मात्र हैन जमिन नै चाहियो भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभामा संविधान दोश्रो संशोधन माथिको छलफलमा बोल्दै नेता महतोले राष्ट्रवाद फरक फरक हुन नसक्ने बताएका छन् ।

उनले देशको भूमि रक्षाका लागि मधेशी जनता लडिरहेको बताउदै कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन पनि मधेशी जनताको साथ रहेको बताए ।

उनले भने–तर मधेश माथि गरिएको अन्याय सह्य छैन । हामीलाई पनि समान अधिकार चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *